समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन, मुख्य दल नाम टुंग्याउनमा व्यस्त

वीरगंज , पुष – १४

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा दलहरू चुनाव केन्द्रित भएका छन्। समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन भएकाले मुख्य दलहरू नामावली टुंग्याउने कसरतमा छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आजसम्म दलहरूले बन्द सूची दर्ता गराइसक्नुपर्नेछ। बुझाइएका सूचीको भोलिदेखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुने छ भने देखिएका त्रुटि सच्याउन पुस २१ देखि २७ गतेसम्म समय दिइने आयोगले जनाएको छ ।

आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ। हिजो तीन साना दलका १ सय ३४ जनाले सबै प्रक्रिया पूरा गरी बन्द सूची बुझाइसकेका छन्।

मुख्य दल नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपालगायतले आज बन्द सूची बुझाउने तयारी गरेका छन् । यसअघि १ सय राजनीतिक दलले ९३ चुनाव चिह्नसहित समानुपातिक प्रणालीतर्फ प्रतिस्पर्धा गर्न दर्ता गराइसकेका छन् ।

सम्बन्धित पोस्टहरुः