बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

एजेन्सी , पुष – १५

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । बीएनपीले मंगलबार सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेको हो ।

पार्टीका अनुसार खालिदा जियाको मंगलबार बिहान ६ बजे, बिहानी नमाजपछि निधन भएको हो । उनी पछिल्लो केही महिनायता अस्वस्थ थिइन् । पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए ।

चार दशकभन्दा लामो समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जियाले पति जियाउर रहमानको निधनपछि बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

सम्बन्धित पोस्टहरुः