वीरगंज , पुष – १५
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची मंगलबार निर्वाचन आयोगमा बुझाएको छ।
सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले सूची ढिलो बुझाएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले साढे ११ बजेपछि कांग्रेसतर्फबाट ११० जनाको नाम आयोगमा पेश गरेको कांग्रेस स्रोतले जनाएको छ।
कांग्रेसले यस पटक २०६४ देखिका समानुपातिक सांसदहरूलाई पुनः समावेश नगरेको छ। बन्दसूचीअनुसार कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिइएको थियो।















