वीरगंज , पुष – १५
आज सुनको भाउमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ७,९०० रुपैयाँ घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ २ लाख ७० हजार रुपैयाँ, भने अस्ति २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८ सय ९५ रुपैयाँ थियो।















