मधेश , पुष – १६
मधेश प्रदेश सरकार आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुने भएको छ। गत मङ्सिर १९ गते मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले बुधबार फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। मन्त्रिपरिषद् विस्तारपछि आजै नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम आयोजना गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
सरकारलाई थप प्रभावकारी बनाउने उद्देश्यले गठबन्धन दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको बताइएको छ।















