वीरगंज, १६ पुस । वीरगंज महानगरपालिकाको आम सञ्चार प्रवद्र्धन तथा नियमन समितिको संयोजक पदमा पत्रकार शत्रुघन नेपाल नियुक्त भएका छन् ।
बुधवार वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले पत्रकार नेपाललाई नियुक्तिपत्र दिंदै आम सञ्चार प्रवद्र्धन तथा नियमन समितिको संयोजकमा नियुक्त गरेका हुन् ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका कर्मचारी लगायतको सहभागिता थियो ।















