गगन थापा भन्छन्– पुस मसान्तभित्र कांग्रेसको विशेष अधिवेशन अनिवार्य

वीरगंज , पुष – १६

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्न अनिवार्य भइसकेको बताएका छन ।

४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारीका लागि विशेष अधिवेशन अपरिहार्य बनेको उल्लेख गरे ।

महामन्त्री थापाले विधानतः मात्र होइन, राजनीतिक रूपमा पनि विशेष अधिवेशन आवश्यक भएको जनाउँदै कांग्रेस यसतर्फ अघि बढिसकेको बताए ।

साथै, ४९ वर्षअघि बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले कठिन परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै देश फर्किएको स्मरण गर्दै, आज पनि राष्ट्र निर्माणका लागि साझा जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

सम्बन्धित पोस्टहरुः