वीरगंज , पूस – १७
निर्वाचन आयोगले २०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार भएर समयमै चुनाव खर्च विवरण नबुझाएर जरिवानामा परेका १०८० जनाले आउँदो चुनावमा भाग लिन पाउने जनाएको छ।
आयोगले स्पष्ट पार्दै भन्यो कि जरिवाना रकम सम्बन्धित निर्वाचन कार्यालयमा दाखिला गरेबापत उम्मेदवारीबाट बञ्चित हुने छैन।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जरिवाना बुझाउने उम्मेदवारमाथि थप कारबाही लागू हुने छैन। आयोगले अघिल्लो निर्वाचनमा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार रुपैयाँ दरले जरिवाना गरेको थियो।













