पटेललाई ठक्कर दिएर भागेको बस प्रहरीको नियन्त्रणमा

वीरगंज , पुष – १८

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा बिहिबार राति अन्दाजी २६ बर्षीय कमलेश पटेललाई ठक्कर दिएर भागेको बस प्रहरीको नियन्त्रणमा आएको छ । प्रहरीले बाराको छातापिपराबाट उक्त बसलाई नियन्त्रणमा लिईएको परवानिपुर चौकीका प्रहरी वरिष्ठ नायव निरिक्ष डिक्करदेव पन्तले जानकारी दिएका छन ।

गएराती करिब साढे ९ बजेको समयमा परवानीपुरको दुर्गा मन्दिर अगाडि पश्चिमपट्टिको लेनमा पथलैयर्फ जानको लागि रोकि राखेको अवस्थामा मधेशप्रदेश-००३-००१ ख ३४३८ नम्बरको ट्रकमा चढ्दै गर्दा वीरगंजबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४५१ नम्बरको स्वस्तिक रात्रि बसले पटेललाई ठक्कर दिएको थियो । पटेल सोहि ट्रकका चालक हुन् ।

प्रहरीले रातिनै बसका चलक र सहचालकलाई समेत पक्राउ गरिसेको छ । घटना आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः