वीरगंज, १८ पुष । वीरगंज महानगरपालिका वडा नं. ९ को सहयोगमा अदया कन्स्ट्रक्सन, बिन्दवासिनी पर्साद्वारा आयोजित कार्यक्रममा जेष्ठ नागरिक, अपाङ्ग तथा विधुवा महिलाहरूलाई लक्षित गरी कम्बल तथा इलेक्ट्रिक जग वितरण गरिएको छ।
वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको नेतृत्व तथा अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी शतिस सिंह राजपुत, स्थानीय आम सर्वसाधारण तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल १६२ जना जेष्ठ नागरिक, अपाङ्ग तथा विधुवा महिलाहरूलाई कम्बल र इलेक्ट्रिक जग वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुप्ताले चिसो मौसममा जेष्ठ नागरिक, अपाङ्ग तथा विधुवा महिलाहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई राहत पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले समाजका कमजोर र विपन्न वर्गको संरक्षण र सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।














