वीरगंज, १८ पुष । इभी गाडीमा सवार पर्सा जिल्लाको वीरगंज महानगरपालिका– ६ बस्ने अन्दाजी ५५ वर्षीय संजय अग्रवाल र सोही गाडीमा सवार उनको श्रीमती ५० वर्षकि प्रीति अग्रवाल देबी दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – १० नितनपुर चौक वीरगंज पथलैया सडक खण्डमा सिमराबाट वीरगंज तर्पm जाँदै गरेको बा.प्र.०६–००१ ज ०१४२ नं को इभी गाडीले सोही दिशामा रोकी राखेको प्रदेश ०१–०२–००२ ख ०८५५ नं को ट्रकको पछाडी पट्टि ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
घाइतेहरूको बयोधा हस्पिटल वीरगंज पर्सामा उपचार भइरहेको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार इभी गाडी चालक चितवनको भरतपुर महानगरपालिका ११ बस्ने अन्दाजी ३८ वर्षीय प्रेम राज गुरूङ्ग, ट्रक र ट्रक चालक उदयपुरको उदयपुरगढी गाउँँपालिमा ७ बस्ने दिप राज कार्कीलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।














