फरार प्रतिवादी पक्राउ

वीरगंज, १८ पुस ।  बारा प्रहरीले लागूऔषध गाँजा मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपियाँँ जरिवाना पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएका मुद्दामा वारदात पश्चात फरार भएका थिए ।

पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा न.१२ कुलिया टोलमा बस्ने ४२ वर्षीय खेकु मुक्तान भन्ने तिलक बहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।

सम्बन्धित पोस्टहरुः