वीरगंज , पुस -१९
झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ विमान (कलसाइन ९०१) अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना राति ९ः१० बजे भएको हो।
उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर गरी जम्मा ५६ जना सवार थिए। घाइतेहरूको अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














