फेरी भूकम्पको धक्का महसुस

वीरगंज , पुस – १९

ताप्लेजुङसहित आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर १३ मिनेटमा ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पपछि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेका थिए ।

यसअघि मङ्सिर २८ गते मनाङको थोचें आसपास केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो। नेपाल भूकम्पीय जोखिमयुक्त हिमाली क्षेत्रअन्तर्गत पर्ने भएकाले यहाँ बेला–बेला साना तथा ठूला भूकम्प जाने गरेका छन् ।

सम्बन्धित पोस्टहरुः