रौतहटमा एक बेवारिसे शव फेला

वीरगंज , पुस – १९

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्ग छेउ शनिबार बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

पूर्व–पश्चिम राजमार्गबाट करिब ४० मिटर दक्षिणतर्फ अन्दाजी ६० वर्षीय वृद्धजस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचनापछि प्रहरी निरीक्षक रुपेश झाको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपा लाबुङले जानकारी दिए ।

सम्बन्धित पोस्टहरुः