पर्सा–१ मा जनमत पार्टीको महिला समिति गठन

पर्सा क्षेत्र न.१ अन्तर्गत वीरगन्ज वडा नम्बर २१ तत्वा टोल र वडा नम्बर २३ सबैठवामा स्थानीय भेटघाट एवं संवाद कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्ज–२१ तत्वा टोलमा करिब ३० जना महिला एवं युवतीले जनमत पार्टीमा प्रवेश गरेकाछन्। सो अवसरमा शोभा कुमारी साह र इन्द्रावती कुशवाको नेतृत्वमा २१ सदस्यीय महिला बुथ समिति पनि गठन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष तथा पर्सा–१ बाट सिफारिस उम्मेदवार ओमप्रकाश सरार्फले अबको एक मात्र विकल्प जनमत पार्टी रहेको र देश तथा मधेसको विकासको स्पष्ट रोडमैप जनमत पार्टीमा रहेको बताए।

कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, निराजन कुशवाहा, विष्णु कुशवाहा, सहनवाज राकी र रामबाबु ठाकुर लगायतको पनि उपस्थिती रहेको थियो।

क्षेत्र न.१ का पर्वेक्षक डा. मनोज कुमारका अनुसार जाडोको प्रतिकुल परिस्थितिमा पनि सिफारिस उम्मेदवार सरार्फको चुनावी भेटघाट र युवा–महिला समिति विस्तार निरन्तर जारी रहेको छ।

सम्बन्धित पोस्टहरुः