जनताको मतको आधारमा आफू मन्त्री बनेको-वन तथा वातावरण मन्त्री शंकर चौधरी

 

वीरगंज, १९ पुस ।

मधेश प्रदेश सरकारका नव नियुक्त वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले जनताको मतको आधारमा आफू मन्त्री बनेको बताएका छन् ।

शनिवार पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री चौधरीले जनताको हितमा भ्रष्टाचाररहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिन आग्रहसमेत गरे ।

कार्यक्रममा मन्त्री चौधरीलाई खादा, माला तथा टीका लगाई सम्मानपूर्वक स्वागत गरिएको थियो।

जीराभवानी गाउँँपालिका वडा नं. ३ नौकाटोला चौकमा आयोजित स्वागत कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश पाण्डे, जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्ष राजेश्वर दास थारू, दारा सिंह राउत थारू लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरूको उल्लेखनीय सहभागीता रहेको थियो।

कार्यक्रम वडाध्यक्ष सुरज राय थारूको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यसैगरी मन्त्री चौधरीलाई जीराभवानी गाउँँपालिका वडा नं. २ सेढवामा पनि स्वागत गरिएको थियो।

बाजागाजासहित गाउँँ परिक्रमा गरी आयोजना गरिएको स्वागत कार्यक्रममा मन्त्री चौधरीलाई खादा, गम्छा, माला तथा टीका लगाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेस वडा सभापति सरोज चौरसियाको सभापतित्वमा र्काक्रम सम्पन्न भएको थियो ।

यसैगरी मन्त्री चौधरीलाई जगरनाथपुर र ठोरी गाउँपालिकामा पनि स्वागत गर्ने कार्यक्रम छ ।

सम्बन्धित पोस्टहरुः