कलैयामा पूर्व वडा अध्यक्षका छोरा चक्कु प्रहारबाट घाइते

कलैया , पुस  — १९

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष सहनीका छोरा ओमप्रकाश सहनीमाथि अज्ञात समूहले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

अज्ञात व्यक्तिहरूले सहनीमाथि शरीरका विभिन्न भागमा अनाधुन्ध चक्कु प्रहार गरी मोटरसाइकलमा सवार भई फरार भएको प्रहरीले जनाएको छ। घाइते सहनीलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र फरार आक्रमणकारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः