कपडा बैंकलाई १५ पोका न्यानो कपडा सहयोग

वीरगंज , पुस – २०

जाडो मौसममा गरिब र असहाय व्यक्तिहरूलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित इनर व्हील क्लब अफ वीरगंजले वीरगंज कपडा बैंकलाई १५ पोका कपडा सहयोग गरेको छ।

क्लबसँगको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको कपडा गरिब, असहाय र विपन्न वर्गसम्म पु¥याइने अध्यक्ष मञ्जुरी श्रेष्ठले बताइन्। उनले यस्तो मानवीय सहयोग कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहने दावी गरे।

कपडा बैंकका सचिव कन्हैया पटेलले प्राप्त सहयोगको आभार व्यक्त गर्दै, वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म वितरण गरिने जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा इनर व्हील क्लबकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सचिव नीलम बेहाउत, उपाध्यक्ष प्रीति गुप्ता, सदस्यहरू रोशिता श्रेष्ठ, भगवान श्रेष्ठ, प्रियंका झा, सरिता यादव र वीरगन्ज कपडा बैंकका सचिव कन्हैया पटेल, सल्लाहकार प्रकाश उपाध्यायको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरुः