दलित समुदायका रुपेश रामको लोकसेवा आयोगमा उत्कृष्ट सफलता

वीरगंज , पर्सा – २०

दलित समुदायका युवा रुपेश कुमार रामले लोकसेवा आयोगको परीक्षा मार्फत उल्लेखनीय सफलता हासिल गरेका छन्। कलैया उपमहानगरपालिका–१६ निवासी रामले करिब १५–१६ महिनाभित्र चार पटक लिखित परीक्षा पास गर्दै आफ्नो क्षमता देखाएका हुन्।

उनले कोशी प्रदेश लोकसेवा आयोगबाट पाँचौ तहमा १ नम्बर सिफारिस भएर हाल उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशमा कार्यरत छन् ।

रामले गण्डकी प्रदेशको चौथो तहको परीक्षा आ.व. २०८०/८१ मा पहिलो प्रयासमा वैकल्पिक भए पनि अर्को वर्ष मनाङ जिल्लाको नासो गाउँपालिकामा स्थायी नियुक्ति पाएका थिए। त्यसअघि संघ चौथो तहको लिखित परीक्षा उतीर्ण गरिसकेका उनले अन्तर्वार्ता मात्र बाँकी राखेका छन् ।

उनी दलित समुदायबाट आएका प्रतिनिधि युवा हुन् र आफ्नो अनुभव बाँड्दै भने , “परिश्रम, निरन्तर अभ्यास र धैर्य भएमा कुनै पनि सामाजिक पृष्ठभूमि भए पनि सफलता हासिल गर्न सकिन्छ । यसले मलाई आगामी लक्ष्यमा अझ मेहनत गर्न प्रेरित गरेको छ ।”

रुपेश कुमार रामको यो सफलता दलित समुदायका विद्यार्थी र युवाका लागि प्रेरणादायी उदाहरण बनेको छ ।

सम्बन्धित पोस्टहरुः