वीरगंज, २० पुस । सशस्त्र प्रहरी बल पर्साले १०,००० गोटा बोइलर कुखुराको चल्ला नष्ट गरेको छ ।
पुस २० गते सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा जगरनाथपुर गा.पा.–५ मसियानीबाट भारतबाट अबैध रूपमा चोरी पैठारी गरी ९ जना व्यक्तिहरूले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५ लाख बराबरको १० हजार गोटा प्रतिबन्धित बोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरी, स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरूको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको प्रवक्ता सशस्त्र प्र.ना.उ.विश्वराज योन्जनले जानकारी गराएका छन् ।













