हिन्दू युवाहरूको विरोध –याली

वीरगंज। हिन्दू युवाहरूले आइतवार वीरगंजमा मोटरसाइकल –याली निकालेका छन्। वीरगंजको बसपार्कबाट शुरू भएको सो –यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

–यालीमा सहभागी युवाहरूले कुनै पनि ठोस प्रमाण र सबुतबिना अर्काे धर्ममाथि आरोप लगाउनु अत्यन्त अनुचित र निन्दनीय रहेको बताएका छन। विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले कहाँ के भयो त्यसको छानबिन प्रहरीले गरिरहेको छ। तर सुनियोजित रूपमा हिन्दूहरूलाई बदनाम गर्ने कार्य मुस्लिम समुदायले गरेको छ, जुन गलत रहेको बताएका थिए।

प्रदर्शनकारीहरूले विरोध गर्ने अधिकार सबैलाई भए पनि विरोधको नाममा शहरमा अशान्ति मच्चाउने, टायर बालेर शहर धुवाँमय बनाउने र प्रहरी बिटमाथि आक्रमण गर्ने कार्य कुनै पनि बहानामा स्वीकार्य नहुने चेतावनी दिएका छन। हामी कसैको विरोधको विरूद्धमा होइनौ, तर कुनै जातिमाथि झुटा आरोप लगाएर वीरगंजलाई जलाउन पाइँदैन भन्दै वक्ताहरूले आक्रोश पोखेका थिए।

युवाहरूले दोषी जो भए पनि उसले निन्दनीय कार्य गरेको र आफूहरू पनि त्यस्ता गलत कार्यको विरोधी रहेको प्रष्ट पारे। अनुसन्धान भइरहेको विषयमा उत्तेजना फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने कार्य नगर्न उनीहरूले प्रशासन र सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएका छन।

 

सम्बन्धित पोस्टहरुः