पर्सा र बारामा निर्वाचन अधिकृतहरू नियुक्त

वीरगंज,२० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी पर्सा र बारा जिल्लामा मुख्य निर्वाचत अधिकृत तथा निर्वाचत अधिकृतहरु नियुक्त भएका छन् ।

पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीलाई निर्वाचन आयोग नेपालले पर्सा जिल्लाको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।

निर्वाचन आयोगका सह–सचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषदको परामर्शमा देशभरका ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको हो। यी नियुक्तिहरू पुस २५ गतेदेखि लागू हुनेगरी गरिएको जनाइएको छ।

प्रवक्ता भट्टराईका अनुसार नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि आ–आफ्नो कार्यक्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नेछन।

निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न आवश्यक सम्पूर्ण तयारी समयमै अघि बढाइने समेत जनाएको छ।

यसैगरी बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारी बाराको मुख्य निर्वाचन अधिकृतमा नियुक्त भएका छन।

त्यस्तै क्षेत्र नम्बर १ मा जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, क्षेत्र नम्बर २ मा सर्वाेच्च अदालतका उपरजिस्ट्रार किरण कुमार सिंह, ४ मा सर्वाेच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरेलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरी आइतवार निर्वाचन आयोगले सार्वजनिक गरेको हो। आयोगका अनुसार अधिकारीलाई क्षेत्र नम्बर ३ सहित मुख्य निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेको हो।

निर्वाचन आयोगले पुस २५ गतेदेखि लागू हुने गरि प्रतिनिधिसभा सदस्य निर्वाचन एन २०७४ को दफा ८ बमोजिम न्याय परिषदको परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्रांकित दितिय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सह–सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार नियुक्ति भाएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचनका कार्यक्रमहरू संचालन गर्ने छन् ।

सम्बन्धित पोस्टहरुः