मधेस प्रदेश सरकारद्वारा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वसाधारणलाई अपिल

जनकपुरधाम , पुस – २१

मधेस प्रदेश सरकारले प्रदेशका केही जिल्लाका केही स्थानमा धार्मिक, जातीय विभेद तथा सामाजिक सद्भाव र सहिष्णुतामा असर पार्ने खालका गतिविधि देखिएको भन्दै सर्वसाधारणलाई शान्त, संयमित र जिम्मेवार रहन आग्रह गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले गएराति जारी गरेको विज्ञप्तिमा अफवाह, भ्रामक सूचना तथा उत्तेजक सामग्रीमा विश्वास नगर्न र यस्ता सामग्रीको प्रचार–प्रसार नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। विज्ञप्तिमा सामाजिक सद्भाव, आपसी सम्मान र सहिष्णुता कायम राख्न सबैको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रदेश सरकारले कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रशासन वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गर्दै शान्ति सुरक्षामा सहयोग गर्न सबै नागरिकसँग हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित पोस्टहरुः