धार्मिक अफवाह फैलाएको आरोपमा धनुषाबाट तीन जना पक्राउ

धनुषा , पुस – २१

सामाजिक सञ्जाल टिकटकमार्फत धार्मिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कमला नगरपालिका–६ का १९ वर्षीय हैदर अंसारी र अमानत अंसारीले आपत्तिजनक टिकटक भिडियो पोस्ट गरी धार्मिक भावना आहत पारेको आरोप छ।

उनीहरूमाथि धर्मसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
यस्तै सोही भिडियोको विषयलाई लिएर सखुवा टोलस्थित मस्जिदमा तोडफोड तथा धार्मिक ग्रन्थ जलाएको आरोपमा २५ वर्षीय राम प्रताप साह (कपिल) लाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको र सामाजिक सञ्जालमा उत्तेजक सामग्री पोस्ट गर्नेहरूमाथि कडा कारबाही गरिने प्रहरीको चेतावनी छ।

सम्बन्धित पोस्टहरुः