वीरगंज गम्भीर धार्मिक द्वन्दको चपेटामा

वीरगंज , पुस – २१

पर्साको वीरगंज अहिले अहिले गम्भीर रुपले धार्मिक द्वन्दको चपेटामा परेको छ । धनुषाको जनकपुरमा एक मस्जिदमा तोडफोड सहितको आगजनी भएपछी त्यहि विषयलाई लिएर वीरगंजमा प्रदर्शन हुदा यतिखेर वीरगंज धार्मिक द्वन्दको चपेटामा परेको हो ।

हिजो मुस्लिम समुदायको प्रदर्शन पछी साझ हिन्दु समुदायले प्रदर्शन गरेका थिए भने हिन्दु समुदायका देवी देवतालाई लिएर मुस्लिम समुदायका केहि व्यक्तिले अभद्र टिप्पणी गरेपछि आज हिन्दु समुदायले प्रदर्शन गरेका छन । प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासन निषेधाज्ञा जारि गरेको छ ।

निषेधाज्ञाका बाबजुद पनि प्रदर्शन भईराहेको छ । तर सुरक्षा अधिकारिहरुले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गर्दै छन ।

सम्बन्धित पोस्टहरुः