वीरगंज , पुस – २१
वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन पक्षले मनोमानी गर्दै निजीकरणतर्फ लैजान खोजेको आरोपसहित विद्यार्थीहरूले आजदेखि विरोध प्रदर्शन सुरु गरेका छन् ।
क्याम्पसले सुस्मिता यादवलाई संयोजकमा नियुक्त गरेपछि विवाद चुलिएको हो। विद्यार्थीहरूले उक्त नियुक्ति गैरकानुनी र अपारदर्शी भएको भन्दै विरोध जनाएका छन् ।
आज बिहानैदेखि क्याम्पस गेटअगाडि धर्ना बसेका विद्यार्थीहरूले बजारको मुख्य सडक हुँदै र्या्ली निकालेर जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना गरे । उनीहरूले ‘क्याम्पस निजीकरण बन्द गर’, ‘व्यवस्थापनको मनोमानी मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
विद्यार्थीहरूको आरोप छ कि व्यवस्थापनले पूर्वाधार, कक्षाकोठा, प्रयोगशाला र यातायात सुधारमा ध्यान नदिई आफ्ना नजिकका व्यक्तिलाई पदमा नियुक्त गर्दै आएको छ । केही शिक्षक र कर्मचारीहरूले पनि आन्दोलनलाई समर्थन गरेका छन् ।
क्याम्पस व्यवस्थापनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। जिल्ला प्रशासनले दुवै पक्षसँग छलफल गरी समाधान खोज्ने जनाएको छ ।













