वीरगंजमा कर्फ्यु जारि

वीरगंज, पुस – २१

पर्सा जिल्ला प्रशासनले बढ्दो तनाव नियन्त्रण गर्न सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म वीरगंज महानगरमा कर्फ्यु जारी गरेको छ। पूर्व–बाइपास रोड, पश्चिम–सिर्सिया पुल, उत्तर–पावर हाउस चौक र दक्षिण–शङ्कराचार्य गेटभित्र आवतजावत, भेला र प्रदर्शन निषेध गरिएको छ।

सोमबार बिहानदेखि हिन्दु धर्म र देवी–देवता सम्बन्धी अभद्र टिप्पणीको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीसँग प्रहरी झडपमा उत्रिएको थियो। प्रहरीले अश्रुग्याँस प्रहार गर्दै एक दर्जनभन्दा बढी प्रदर्शनकारी नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारीहरूले इदगाह चोकमा एउटा मोटरसाइकलमा आगजनी पनि गरेका थिए। प्रशासनले सर्वसाधारणलाई अनावश्यक भिडभाड नगर्न अपिल गरेको छ।

सम्बन्धित पोस्टहरुः