वीरगंजको अवस्था बारे जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक जारी

वीरगंज,२२ पुस –

वीरगंजमा विकसित पछिल्लो तनावपूर्ण अवस्था, कर्फ्युको निरन्तरता र शान्ति–सुरक्षा व्यवस्थापनका विषयमा अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक बसिरहेको छ।

बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। बैठकले हालको अवस्थाको समग्र मूल्याङ्कन गर्दै कर्फ्युको अवधि, सुरक्षा व्यवस्थाको सुदृढीकरण र सामाजिक सद्भाव कायम राख्ने उपायहरूबारे छलफल गरिरहेको बुझिएको छ।

प्रशासन स्रोतका अनुसार सर्वपक्षीय बैठकको निष्कर्षपछि कर्फ्युसम्बन्धी निर्णयसहित आवश्यक औपचारिक जानकारी सार्वजनिक गरिनेछ। यसबीच सर्वसाधारणलाई संयमता अपनाउन, अफवाह नफैलाउन र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित पोस्टहरुः