वीरगंजमा कर्फ्युको प्रभावः शहर सुनसान, सुरक्षाकर्मीको कडा निगरानी

वीरगंज, पुस २२-

हिजो साझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु आज दिउँसो १ बजेसम्मको लागि लम्बाइ दिइएको छ।

तनावपूर्ण अवस्था र कर्फ्युको प्रभावका कारण वीरगंज आज अधिकांश समय सुनसान देखिएको छ। मुख्य सडक, बजार क्षेत्र र चोकचौराहामा सर्वसाधारणको आवतजावत न्यून रहेको छ भने अधिकांश पसल र व्यवसायिक प्रतिष्ठानहरू बन्द छन्।

संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। सुरक्षाकर्मीहरूले गस्ती बढाउँदै शान्ति–सुरक्षा कायम राख्न प्रयास गरिरहेका छन्। प्रशासनले कुनै अप्रिय घटना नघोस् भनी उच्च सतर्कता अपनाएको जनाएको छ।

स्थानीय प्रशासनले नागरिकहरूलाई संयमता अपनाउन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। कर्फ्यु खुला वा थप गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय पर्साबाट औपचारिक निर्णय आउन बाँकी रहेको छ।

सम्बन्धित पोस्टहरुः