वीरगंजमा कर्फ्यु साँझ ६ बजेसम्म लम्बियो

वीरगंज, पुस २२ –

वीरगंजमा जारी तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु आज साँझ ६ बजेसम्म लम्बाएको छ।

हिजो सोमबार साझ ६ बजेदेखि लागू कर्फ्यु आज बिहान ८ बजेसम्म थियो । तर परिस्थितिलाई हेरेर आज दिउसो १ बजेसम्मको लागि लम्बाईएको थियो भने अहिले फेरि थपेर साझ ६ बजेसम्म पुर्याईएको छ ।

धार्मिक द्वन्दका कारण उत्पन्न परिस्थितिको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक जारी छ।

बैठकमा हिन्दु तथा मुस्लिम समुदायका अगुवा, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारहरू सहभागी छन्।

कर्फ्युको प्रभावका कारण वीरगंज शहर सुनसान देखिएको छ। मुख्य सडक, बजार र चोकचौराहामा सर्वसाधारणको

आवतजावत न्यून छ भने अधिकांश पसल तथा व्यवसायिक प्रतिष्ठान बन्द रहेका छन्।

प्रशासनले नागरिकहरूलाई संयमित रहन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ।

 

सम्बन्धित पोस्टहरुः