नदिम अन्सारीलाई पक्राउ गर्न हिन्दु अगुवाहरूको माग

वीरगंज, पुस २२ । वीरगंजमा जारी धार्मिक द्वन्द व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठकमा सहभागी हिन्दु अगुवाहरूले बाहिरको देशमा बसेर हिन्दु धर्ममाथि नकारात्मक टिप्पणी गर्ने नदिम अन्सारीलाई पक्राउ गर्न माग गरेका छन्।
हिन्दु अगुवाहरूले सामाजिक सञ्जालमार्फत गरिएका टिप्पणीले धार्मिक सद्भावमा खलल पुर्‍याएको भन्दै यस्ता गतिविधिमाथि तत्काल कानुनी कारबाही गर्न प्रशासनसँग आग्रह गरेका हुन्। बैठकमा धार्मिक सहिष्णुता कायम गर्ने र तनाव न्यूनीकरणका उपायबारे समेत छलफल भइरहेको छ।
प्रशासनले सबै पक्षको धारणा संकलन गर्दै शान्ति–सुरक्षा कायम राख्न आवश्यक कदम चालिने जनाएको छ।

सम्बन्धित पोस्टहरुः