वीरगंज, पुस २२ – वीरगंजमा हालै सुरु भएको धार्मिक द्वन्द व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक चलिरहेको छ। बैठकमा हिन्दु र मुस्लिम समुदायका अगुवा, राजनीतिक दलका प्रतिनिधि, पर्साका सुरक्षा प्रमुख र पत्रकारहरूले सहभागी भएर अवस्था र समाधानका उपायमा छलफल गरिरहेका छन्।
सुरक्षाका कारण वीरगंजमा हिजो सोमबार साझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू कर्फ्यु आज दिउँसो १ बजेसम्म लम्बाइ दिइएको छ।
तनावपूर्ण अवस्थाका कारण शहरका प्रमुख सडक, बजार र चोकचौराहामा सर्वसाधारणको आवतजावत न्यून रहेको छ। अधिकांश पसल र व्यवसायिक प्रतिष्ठान बन्द रहेका छन्।













