वीरगंज , २२पुस –
मधेस युनिभर्सिटीका उपप्राध्यापक तथा अधिवक्ता अजय कुमार स्वर्णकारको आज हृदयघातका कारण आकस्मिक निधन भएको छ।
सोमबार राति करिब ११:३० बजे अचानक हृदयघात भएपछि उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको हो।
स्वर्णकार शैक्षिक तथा कानुनी क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए । उनको असामयिक निधनले शैक्षिक जगत, कानुनी क्षेत्र तथा आफन्तजनमा शोक छाएको छ।
उनका प्रति सहकर्मी, विद्यार्थी तथा कानुन व्यवसायीहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।













