उपाध्यक्ष महतोको निर्णय बदर , कोडेकलाई मल वितरण खुला

पर्सा , २२ पुस

उच्च अदालत जनकपुरले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ स्थित कोडेक कृषि सहकारी संस्था लिमिटेड लाई मल वितरण गर्न रोक लगाउने निर्णय बदर गर्दै परमादेश जारी गरेको छ।

अदालतले मुद्दा नं. ०८२–WO–०२०५ (परमादेश) मा मिति २०८२/०९/२१ मा फैसला/आदेश जारी गर्दै, मल वितरण व्यवस्थापन समितिकी संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो को पहलमा गरिएको मल वितरण रोक्काको निर्णय कानून विपरीत ठहर गरेको हो।

उपाध्यक्षको निर्णय अदालतबाट बदर अदालतको आदेश अनुसार मल वितरण व्यवस्थापन समितिकी संयोजक शर्मिला बिष्ट महतोले आफ्नो निर्णयका आधारमा कोडेक कृषि सहकारीलाई मल वितरण गर्न रोक लगाएको देखिए पनि, उक्त निर्णय कानूनी प्रक्रिया र निर्देशिकाविपरीत रहेको ठहर गरिएको छ।

अदालतले स्पष्ट रूपमा, सखुवा प्रसौनी गाउँपालिकाको अनुमति प्राप्त अवस्थामा कोडेक कृषि सहकारीले मल वितरण गरिरहेको अवस्थामा, जानकारी नदिई, एकपक्षीय रूपमा र प्रक्रिया पूरा नगरी रोक लगाउनु गैरकानुनी भएको उल्लेख गरेको छ।

बेलमाई सहकारीसम्बन्धी निर्णय पनि बदर उच्च अदालतले मल वितरण व्यवस्थापन समितिको निर्देशिका, २०७७(२६) १ विपरीत गरी बेलमाई कृषि सहकारी संस्था लिमिटेडलाई मल विक्रेता तोक्ने गरी मिति २०८२/०४/२३ मा गरिएको निर्णयलाई पनि उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ।

परमादेश जारी अदालतले निवेदक कोडेक कृषि सहकारी संस्था लिमिटेडलाई समेत समेटी, सम्बन्धित सरोकारवाला निकायहरूले कानून बमोजिम, निष्पक्ष र उचित निर्णय गरी मल वितरणको व्यवस्था गर्नुपर्ने भन्दै विपक्षीहरूको नाममा परमादेश जारी गरेको हो।

सम्बन्धित पोस्टहरुः