वीरगंजमा दुई किशोरहरु छुरा प्रहारबाट घाइते

वीरगंज , २२ पुस –

वीरगंज महानगरपालिका वडा नम्बर १६ मा दुई जना किशोरमाथि सामूहिक छुरा प्रहार भएको छ।

छुरा प्रहारबाट सोही वडाका वीरज महतो र विकास कुमार महतो घाइते भएका छन्।
घाइते किशोरहरूका अनुसार उनीहरू आगो ताप्दै बसेको बेला एक समूहमा आएका व्यक्तिहरूले कुटपिट गर्दै छुरा प्रहार गरेका हुन्।

घटनापछि दुवैलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। हाल घाइतेहरूको उपचार भइरहेको छ ।

सम्बन्धित पोस्टहरुः