वीरगंज, २३ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले १५७ के.जी. ९५० ग्राम पक्राउ गाँजा ठोरी गाउँपालिकाबाट बरामद गरेको जनाएको छ ।
पुस २२ गते राति १० बजेको समयमा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.३ ब्रहमनगर हुलाकी सडकखण्ड देखि पश्चिमतर्फ जाने कच्ची सडक खण्डमा वर्ष ४२ को छिरिङ दोङको काठले बनेको दुर्ई तल्ले घरबाट प्रहरीले खानतलासी गर्दा उक्त घरको माथिल्लो तल्लाको कोठाभित्र नीलो प्लाष्टिकले बेरि लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ ९५० ग्राम तथा सो घरबाट १५ मिटर उत्तरतर्फ बाझो खेतमा उखुको पातले छोपी रातो रंगको प्लाष्टिकले बेरि लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० पोकामा १५७ के.जी.फेला गाँजा बरामद भएको जिप्रका, पर्साले जनाएको छ । छिरिङ दोङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














