रौतहट , २३ पुस –
रौतहट जिल्लाको गढीमाई नगरपालिकामा बुधबार कुकुरको टोकाइबाट पाँच दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
कुकुरको टोकाइबाट घाइते भएकामध्ये २७ जनालाई प्रादेशिक अस्पताल गौरमा रेबिजविरुद्धको खोप दिइएको छ भने अन्य घाइतेहरूको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पतालका चिकित्सक दिपक चौरासीया जानकारी दिए ।
स्थानीयस्तरमा एकैदिन ठूलो संख्यामा नागरिक घाइते भएपछि स्थानीयवासी त्रसित बनेका छन् भने कुकुर नियन्त्रण तथा रेबिज जोखिम न्यूनीकरणका लागि तत्काल पहल गर्न माग गरिएको छ।














