वीरगंज , २४ पुस –
सशस्त्र प्रहरी बल नेपाल पर्साको सहकार्यमा वीरगंज कारागारमा रहेका महिला कैदीबन्दीलाई सल तथा न्यानो कपडा वितरण गरिएको छ । विहिबार वीरगंज महानगरपालिका–५ स्थित कारागार कार्यालयमा लायन्स क्लब वीरगंजको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको सहकार्यमा महिला कैदी बन्दीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीलाई सल वितरण गरिएको थियो भने कैदीबन्दीसँग रहेका पाँच जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार चिसो मौसमलाई ध्यानमा राख्दै मानवीय सहयोगको उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लब वीरगंजका अध्यक्ष सुरेश कुमार रुङ्गटा, सशस्त्र प्रहरी नं. १३ गण हेड क्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट , कारागार प्रशासक उप–सचिव बाबुलाल रेग्मी, कारागार सुरक्षा बेस वीरगंजका बेसपति सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरी घिमिरे तथा कारागार सुरक्षा गार्डका प्रहरी नायब निरीक्षक डम्मर बहादुर श्रेष्ठको उपस्थिति थियो ।













