वीरगंज , २४ पुस –
अफिमसहित पर्साका तिन जना बारामा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने ३२ बर्षीय जौवाद अमहद , बहुदरमाई नगरपालिका वडा नम्बर ७ बस्ने ३८ बर्षीय निलेश पटेल कुर्मी र विन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने शेषनाथ चौरसिया रहेका छन ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ नक्तुवा स्थित पतंजलीबाट नकटुवातर्फ आउदै गरेको बी.आर ०१ सि.एल ६०७९ नम्बरको भारतीय कारलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा कारको पछाडीक सिटमाथि कालो प्लास्टिकमा प्याक गरी राखिएको दुई किलो २४ ग्राम लागुऔषध अफिम फेला परेपछि तिनै जनालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय प्रसौनी बारा , लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साको संयुक टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसधान अगाडी बढाएको छ ।















