वीरगंज, २५ पुस । दुई पोका अफिम ओसारपसार गरिरहेको अवस्थामा बाराबाट तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
विशेष सूचनाको आधारमा पुस २४ गते दिउँसो ४ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्ला बारा प्रसौनी गाँउपालिका वडा नं. ०१ नकटुवा स्थित पतञ्जलीबाट नकटुवा जाँदै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको कारलाई रोकी चेक जाँच गर्दा पछाडीको सिट माथी कालो प्लाष्टिकमा लागू औषध अफिम २ किलो २४ ग्राम (२ दुर्ई पोका) ओसारपसार गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई न.पा. वडा नं. ७ बस्ने वर्ष ३८ को निलेश पटेल कुर्मी, वीरगंज–११ बस्ने वर्ष ३२ को जौवाद अहमद र पर्सा जिल्लाको बिन्दावासनी गा.पा. वडा नं. ०२ बस्ने ४८ को शेषनाथ चौरसिया रहेको प्रहरीले जनाएको छ ।















