जेनजीले बारामा यातायात व्यवस्था कार्यालयका कर्मचारीमाथि मोबिल छ्यापे

वीरगंज, २४ पुस । यातायात व्यवस्था कार्यालय बाराका कर्मचारी जीवनरमण पौडेलमाथि मोबिल प्रहार गरिएको छ।

बाराको कलैया उप महानगरपालिका–३ गंगापुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत ट्रायल प्रमुख पौडेलमाथि बिहीवार कार्यालय परिसरमै अज्ञात व्यक्तिले मोबिल प्रहार गरेको हो। आफुलाई जेनजी अगुवा बताउने युवाले प्रहार गरेको दाबी गरेका छन। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा त्यि युवकले दाबी गरेका हुन। घटनाको कारण भने खुल्न सकेको छैन।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा संलग्न व्यक्तिको पहिचान गर्दै घटनावारे अनुसन्धान शुरू गरेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः