पर्सामा २८५२ जना निर्वाचन प्रहरीको माग, आवेदन खुल्यो

वीरगंज । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति, पर्साले निर्वाचन प्रहरी (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल) भर्ना सम्बन्धी एकिकृत सूचना जारी गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वल, नेपाल) कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट एकिकृतरूपमा दरखास्त आव्हान गरिएको छ ।

पर्सा जिल्लामा निर्वाचन प्रहरी (नेपाल प्रहरी र सशस्त्र प्रहरी वल, नेपाल) को लागि २८५२ जनाको माग गरिएको छ। दरखास्त दिने मितिः २०८२।०९।२५ गते देखि २०८२।१०।०१ गते सम्म, समय विहान १०ः०० बजे देखि बेलुका १६ः०० बजेसम्म (सार्बजनिक विदाको दिन समेत) हुने जनाएको छ ।

दरखास्त फारम पाउने र बुझाउने स्थानहरूः जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज र सशस्त्र प्रहरी वल, नेपाल नं.१३ गण हे.क्वा.पर्सा रहेका छन् ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मिति सम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको । (२०२८।१०।०१ गते देखि २०६४।१०।०१ गते सम्म हुने जनाएको छ ।
आवश्यक योग्यतामा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोग अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनैतिक दलको सदस्य नरहेको, शाररिक तथा मानसिकरूपले स्वस्थ्य रहेको, आतंककारी एंव विध्वंसात्मक संगठनको सद नरहेको, पुरूषको हकमा घटीमा उचाई ५ फिट, छाती ३३ इन्च, तौल ५० के.जी.र महिलाको हकमा उचाई ४ फिट १० इन्च, तौल ४२ के.जी तथा गर्भवती नभएको, नरहेको उल्लेख छ ।
निर्वाचन प्रहरीमा भर्नाको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालको सेवाबाट निवृतीभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वनरक्षक भएको, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी वल वि.स.२०८१ माघ १ गते देखि २०८२ पौष मसान्त सम्म विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शाररिक तन्दुरूस्ती र स्वास्थ्य परिक्षणमा उतीर्ण भएकाको हकमा प्रवेश पत्र पेश गर्ने व्यक्ति, यस अघि समपन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेको व्यक्ति, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत नेपाली नागरिकलाई प्राथमिकता दिइएको छ ।
२०८२।१०।०४ गते दरखास्त दर्ता गर्ने कार्यालयहरूमा विहान ११ः०० बजे सम्पर्क गर्न तथा छनौट प्रारम्भ हुने मिति २०८२।१०।०५ गते देखि २०८२।१०।०९ गते सम्म, अन्तिम नतिजा प्रकाशन मितिः २०८२।१०।१२ गते, प्रशिक्षण (तालिम) शुरू हुने मितिः २०८२।१०।१५ गते देखि २०८२।१०।२४ गते सम्म (सार्बजनिक विदाको दिन समेत) हुने जजनाइएको छ ।
त्यस्तै निर्वाचन प्रहरीको कार्य अवधिमा नियुक्ति पाएको मितिले जम्मा चालीस (४०) तोके बमोजिम हुनेछ, नेपाल सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेमा सोही बमोजिम हुनेछ ।
निर्वाचन प्रहरीका सेवा तथा सुविधाको शर्तमा निर्वाचन प्रहरीको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको शुरू तलव स्केल सरह प्रतिदिन रू. ८६९।४० (आठ सय उन्सत्तरी रुपियाँ चालीस पैसा) का दरले ४० दिन सम्मको लागि रू.३४,७७६।– (चौतीस हजार सात सय छयहत्तर) रकम उपलब्ध गराइनेछ ।
निर्वाचन प्रहरीलाई सम्बन्धीत जिल्लाको नेपाल प्रहरी–सशस्त्र प्रहरीले पाए सरहको दर रेट अनुसार प्रति निर्वाचन प्रहरी ४० दिनको लागि खाद्यान्न वापतको रकम, निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति निर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट रू.८४६।– का दरले तयारी खर्च उपलब्ध गराइने, प्रतिदिन प्रति निर्वाचन प्रहरी रू. ३००।– को दरले–४ चार दिनको लागि एकमुष्ट रू. १२००।– खाजा खर्च उपलब्ध हुने, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल, नेपालको प्रधान कार्यालयबाट तोकिए बमोजिमको दर रेटको आधारमा पोशाक वापतको रकम उपलब्ध गराइनेछ, निर्वाचन प्रहरीलाई उपलब्ध गराइने सम्पूर्ण सेवा सुविधा वापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने, कर्तव्य पालनाको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वंमले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपुर्ति प्राप्त गर्नेछन ।
निर्धारित अवधि भन्दा अगावै गैर–हाजिर रहेमा वा जिम्मेवारी पुरा नगरी भागेमा त्यस्तो निर्वाचन प्रहरीलाई कुनै सुविधा वापतको रकम उपलब्ध गराइने छैन, कुनै मनासिव कारणले निर्वाचन प्रहरीले करार अवधि भन्दा अगाडि छाड्ने परिस्थित भएमा २० दिन वा सो भन्दा बढी दिन काम गरेको रहेछ भने काम गरेको दिन सम्मको सेवा सुविधा पाउनेछ, नियुक्तिको प्रक्रियामा रहेको अवस्थामा वा नियुक्ति भइसकेको भएता पनि निर्वाचन स्थगित वा रद्द भएमा त्यस्तो नियुक्ति स्वतः रद्द हुनेछ ।
अन्य सुविधाहरू “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वल, नेपाल) कार्यविधि २०८२ मा व्यवस्था भए बमोजिम हुनेछ ।
छनौट भएका निर्वाचन प्रहरीलाई जिल्ला स्थित निर्वाचन प्रहरी भर्ना छनौट समितिले आवश्यकता अनुसार नेपाल प्रहरी वा सशस्त्र प्रहरी वल, नेपालतर्पm खटाउन सकिनेछ ।
दरखास्त दिने व्यक्तिले ध्यान दिनुपर्ने कुराहरूमा नेपाल प्रहरीतर्फ वा सशस्त्र प्रहरी वल, नेपालतर्फ नियुक्तिका लागि एउटै दरखास्त फारमबाट आवेदन गर्नुपर्नेछ, सम्पूर्ण परीक्षाहरू एकिकृतरूपमा सञ्चालन हुनेछ सहायक प्रजिअले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित पोस्टहरुः