रौतहटमा नेकपा एमालेको चुनावी अभियान

रौतहट । नेकपा एमालेले रौतहट जिल्लामा आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान तथा पार्टीसम्बन्धी सम्पूर्ण कामको संयोजनका लागि विशेष जिम्मेवारी तोकिएको छ।

नेकपा एमाले केन्द्रीय पार्टी कार्यालयले जनाएको अनुसार अजय कुमार गुप्ताको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा आरती भण्डारी, उपेन्द्र साह र कुन्दन कुशवाहा रहेका छन्।

समितिले जिल्लाभित्र पार्टी संगठन सुदृढीकरण, चुनावी रणनीति निर्माण, कार्यकर्ता परिचालन तथा प्रचार–प्रसारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

नवनियुक्त समितिले पार्टीलाई जनतासँग थप नजिक पुर्‍याउँदै निर्वाचनमा सशक्त उपस्थिति जनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरुः