वीरगंज, २५ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले नागरिकता/राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ सम्बन्धी कसूरमा तीन जना पक्राउ परेको जनाएको छ ।
योजनाबद्ध रूपमा झुठा विवरण पेश गरी जन्मदर्ता, विवाहदर्ता र नागरिकता लगायतका सरकारी कागजातहरू बनाएको गोप्य सूचनाको आधारमा पुस २ गते प्रहरीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ नगवाबाट दुर्ई जना भारतीय पुरूष र एक जना महिलालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट आवश्यक कागजातहरू सहित फेला पारी नियन्त्रणमा नागरिकता/राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ सम्बन्धी कसूरमा अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।














