२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा नं. १३ गण हेड क्वाटर पर्साले विपन्न परिवारलाई लक्षित गरी मानवीय सहयोग गरेको छ ।
गणबाट खटिएको टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२८ बगही निवासी करिब ३६ वर्षका मन्सी पटेलको घरमा विद्युत् सेवा जडान गरेको हो । पटेल मधेश आन्दोलनका जीवित सहिदका रूपमा चिनिन्छन् ।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा निर्माण भएको जस्ताले छाएको तीन कोठे भवनमा यसअघि विद्युत् सुविधा नभएकाले गणको पहलमा घरका तीनैवटा कोठा तथा बाहिरी भागमा वायरिङ गरी पंखा जडान गरिएको गणले जनाएको छ ।
सशस्त्र प्रहरी बलले प्रहरी दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।














