वीरगंज , २६ पुस –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो सवा ३ बजे आकस्मिक सचिवालय बैठक बस्ने भएको छ।
पार्टी प्रवक्ता मनिष झाले बैठक भर्चुअल माध्यमबाट हुने जानकारी दिएका छन्।
बैठकमा पार्टी एकता, समायोजन र विविध विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ ।
स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँगको समझदारी भाँडिएपछि रास्वपाले शीर्ष तहमा छलफल गर्न यो बैठक बोलाएको हो।















