विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ता रास्वपामा प्रवेश 

वीरगंज , २६ पुस –

वीरगंजस्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका गाउँ–नगरबाट नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र सुशासन पार्टीका नेता–कार्यकर्ता रास्वपामा समाहित भएका हुन्।

कार्यक्रममा जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया, पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ, पूर्व वडाध्यक्ष महादेव चौरसिया, नेपाली कांग्रेसका प्रसाद शिवशंकर चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, राप्रपाका ललन ठाकुर र सुशासन पार्टीका लक्ष्मण महतो लगायतले निःशर्त रास्वपामा प्रवेश गरेका छन्।

यसैगरी कालिकामाई–२ का एमाले नेता मनमोहन प्रसाद चौरसिया, राजेश साह, अकलेश कुशवाहा, बृजमान सहनी, रामकलश सहनी, महेश प्रसाद चौरसिया, श्याम राउत गद्दी, अनिल कुमार चौरसियासहित युवा पुस्ताका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र साह, विजय चौरसिया, अविनाश चौरसिया र चन्देश्वर महतो कोइरीलगायत पनि रास्वपामा आबद्ध भएका छन्।

कालिकामाई–५ बाट नेपाली कांग्रेसका हिरो राउत कुर्मी, छविलाल राउत, राजु प्रसाद पटेल तथा जसपा नेपालका रमेश प्रसाद पटेल, छबिलाल राउत र शम्भु प्रसाद चौहानले समेत पार्टी प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल र नेता टेकबहादुर शाक्यलगायतले अबिर–टीका लगाएर स्वागत गरे।

कार्यक्रममा बोल्दै जिल्ला सभापति हरि पन्तले पर्सा क्षेत्र नं. ४ मा रास्वपा अझ सशक्त बन्दै गएको दाबी गरे। क्षेत्रीय सभापति जितेन्द्र मिश्रले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि टेकबहादुर शाक्य उम्मेदवार रहेको जानकारी दिँदै आगामी निर्वाचनमा विजयी गराउन सबैलाई आह्वान गरे।

रास्वपा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए।

सम्बन्धित पोस्टहरुः