वीउवासंघको गेटमा श्रीसिया नदीको प्रदूषित पानीको बोतल झुन्डयाइयो 

वीरगंज, २६ पुस ।  जेनजी युवाहरूले शनिवार वीरगंज उद्योग वाणिज्य संघको मूल प्रवेशद्वारमा श्रीसिया नदीको फोहोर पानी भरिएको बोत्तल झुण्ड्याएका छन् । वीरगंजको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउने अभियान थालेका युवाहरुले यसअघि ७२ घण्टाको अल्टिमेटम दिएका थिए । शनिवार १० वटा बोत्तलमा नदीको फोहोर पानी भरेर संघको मेन गेटमा लगेर झुण्ड्याइ दिएका हुन् ।
श्रीसिया नदी बचाउ अभियान समितिमा आबद्ध युवाहरूले यसअघि पुस ९ गते संघका अध्यक्ष हरि गौतमलाई नै भेटेर नदीमा प्रदुषण गरिरहेका उद्योगहरूलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगंज उद्योग वाणिज्य संघविरूद्ध आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।
अभियानको पहिलो दिनमा पुस ५ गते उनीहरूले नदीको फोहोर पानी बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकाको कार्यालयमा लगेर सिर्सिया नदीको उपहार भन्दै दिएका थिए । त्यसपछि पुस ९ गते उनिहरूले वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गौतमलाई ७२ घण्टाको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका थिए ।
सम्बन्धित पोस्टहरुः