रक्सौल नाकाबाट अवैध प्रवेश प्रयास गर्ने श्रीलङ्कालीसहित दुई पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज/रक्सौल , २७ पुस

भारतको बिहार–नेपाल सीमास्थित रक्सौल नाकामा अवैधरूपमा भारत प्रवेश गर्ने क्रममा एकजना श्रीलङ्काली नागरिक र उनलाई सहयोग गर्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूलाई एसएसबी (सीमा सुरक्षा बल) र आप्रवासन विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने श्रीलङ्काली नागरिक कच्ची मोहम्मद हनिफ र सहयोगी भारतीय नागरिक केरलाका कानोथ रसीद रहेको सुरक्षा निकायले जनाएको छ। हनिफ भिसाविना नेपालबाट रक्सौल नाका हुँदै भारत प्रवेश गर्ने प्रयासमा थिए। मितेरी पुलमा शङ्कास्पद गतिविधि देखिएपछि रोकेर गरिएको सोधपुछका क्रममा अवैध घूसपैठको प्रयास खुलेको बताइएको छ।

जाँचका क्रममा श्रीलङ्काली नागरिकको साथबाट पासपोर्ट, नेपाली मुद्रा, श्रीलङ्काली परिचयपत्र, मोबाइल फोन, क्यामेरा तथा अन्य सामग्री बरामद गरी जफत गरिएको छ।

एसएसबी अधिकारी सञ्जय पाण्डेयका अनुसार दुवै जनासँग भारत प्रवेशको उद्देश्य, आपसी सम्पर्क र संलग्नताको विषयमा गहन सोधपुछ भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई सम्बन्धित प्रहरी थानामा बुझाउने तयारी भइरहेको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः